सङ्घीय संसद्का दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले साउन १६ गते पारित गरेको नागरिकता विधेयक। प्रमाणीकरणका लागी राष्ट्रपति कार्यालय पठाइएको थियो । राष्ट्रपतिले विधेयकलाई प्रमाणीकरण गर्ने अस्वीकार गरेर नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले आठ बुँदासित संसदमा नै पठाउनु भयो।
संसद्बाट पून:बिचार गरि सभामुख अग्निप्रसाद साप्कोटाले विधेयक प्रमाणीकरणका लागी फेरि राष्ट्रपति कहा नागरिकता विधेयक पठाए । उक्त विधेयक राष्ट्रपति भण्डारीले १५ दिनभित्र प्रमाणीकरण गरि सक्नुपर्ने थियो ।
तर राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न फेरि पनि अस्वीकार गर्नुभयो । एउटै विधेयक दोस्रो पटक राष्ट्रपति कहा पुगे राष्ट्रपतिले अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने नेपालको संविधानको ( धारा ११३ ) को (४) छ ।
यसरी संविधानअनुसार विधेयक दोस्रो पटक पनि प्रमाणिकरण हुन सकेन । अर्कातर्फ भने प्रतिनिधिसभाको चालु अधिवेशन पनि समाप्त भइसकेको छ । अब नागरिकता विधेयक के हुन्छ भन्ने विषयमा आम नागरिकको चासो बढेको छ ।
आम नागरिकको चासो हेर्ने हो भने नागरिकहरू नागरिकता। विधेयकलाई कुनैपनि हालमा प्रमाणीकरण नगर्न मागहरू राखेका छन । बिदेशलाई टिकट दिएझै नागरिकता दिने प्रावधान रहेको विधेयकलाई नागरिकले बिरोध गरेका हुन ।
● बिदेशीलाई सोझै नागरिकता दिए के हुन्छ ?
कुनैपनि देशको अस्तित्वसँग नागरिकता जोडिन्छ ।विदेशीलाई नागरिकता दिदा उनीहरू नेपाली नागरिक हुन पुग्छन । नेपाली नागरिक भए उनीहरू सासद, मंन्त्री, प्रधानमन्त्री, न्यायाधीश, राष्ट्रपती, जे पनि हुन पाउछन । यसरी बिदेशीले राज्यसत्ता सिंगो राजनीतिक ब्यवस्था नै चलाउन अथवा कब्जा गर्ने सक्छन ।
यसरी विदेशीले कुनै देशको राजनीतिक क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेपछि त्यो देशको अस्तित्व स्वाभिमान सार्वभौमसत्ता संकटमा पर्छ । विदेशीलाई यसरी चिल्लो बाटोबाट देश सुम्पिदिने कुरा आम नागरिकले अस्वीकार गर्नु जायज हो । त्यसकारण आम नागरिकहरूले नागरिकता विधेयक पारित नगर्न राखेका मागहरू राज्यले मनन वा सम्बोधन गर्नुपर्दछ । nepal pole