1.किसानका अवस्यकताहरू कहिले पुरा हुन्छन। काठमाडौं: अधक्ष्य कमल थापाले नेपाल पोललाई भने कृषि प्रधान देश भएपनि सरकारले समयमा नै बल, बिउँ, किसानलाई उपलब्ध गराउनु पर्नेमा सरकारबाट गम्भीर लापरबाही भएको छ। सरकारले किसानहरूलाई आवश्यक सम्पुर्ण सामाग्रीहरु उपलब्ध गराउनुपर्छ। निर्वाचनको समय छ अहिलेको सरकारले किसानहरूका समस्या समाधान गर्दैन। निर्वाचन पछि बन्ने सरकारले जिम्मेवार भएर कृषिमा ध्याँन दियो भने किसानका समस्या समाधान गर्ने सकिन्छ। केही बर्ष यता नेपालमा विद्युतको उत्पादन राम्रो भइरहेको छ। विद्युतलाई हामीले भारतमा निर्यात गरेर पैसा कमाउने भन्दा पनि नेपाल मै सदुपयोग गरेर हामीले मल कारखाना स्थापना गर्ने सक्यौ भने कृषिमा आवश्यक पर्ने मलमा नेपाल आत्मनिर्भर हुनुका साथै किसानहरूलाई मलको अभाव हुने छैन यस तर्फ सरकारले ध्यान दिनुपर्दछ।
2.व्यवस्था परिवर्तन भो जनताको अवस्था किन परिवर्तन भएन ।
Advertisement
उनले भने देशको अर्थतन्त्र संकट ग्रस्त छ यसलाई सुधार गरेर देशमा आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्नका लागी महत्वपूर्ण भनेको राजनीतिक स्थिरता नै हो। राजनीति स्थिरता कायम गर्ने राजनीतिक दलका नेताहरूले जिम्मेवारी भुमिका खेल्नुपर्छ। चुनाव नजिक आइरहेको यो अवस्थामा आम नेपाली जनताले राजनीतिक स्थिरता कायम गर्ने सक्ने दल र नेता जसको भिजन छ जसको ईमानदारीता छ। त्यस्ता राजनीतिक दलका नेतालाई मतदान गरेर जनताले सत्तामा पठाउन सके राजनीतिक स्थिरता कायम हुने अधक्ष्य थापाले नेपाल पोललाई बताए।
नेपालमा समस्या के छ । भने चुनावको समयमा भोट हाल्ने बेला देशका विभिन्न समस्यालाई बिर्सिएर पार्टी वा, लोभ , लालचको आधारमा भोट हाल्ने चलन छ । राजनीतिमा कृयाशिल रहेका दल नेता सबै भ्रष्ट बदमास बैईमानी छैनन्। केही नेताहरूको अनैतिक अमर्यादित कार्यका कारण अहिले देशको सिंगो राजनीति बदनाम भएको छ । भने केही असल दल र नेताहरू पनि छन त्यस्ता असल दल र नेताहरूलाई नेपाली जनताले पछ्याउन ,’ सके मलाई लाग्छ राजनीतिक स्थिरता कायम हुनुहुन्छ । राजनीतिक स्थिरता कायम भो भने आर्थिक विकास र समृद्धिको लक्ष्य हाँसिल गर्ने सकिनेछ।
यसमा अलि सक्षम योग्यता, क्षमता भएका इमान्दार, युवाहरू राजनीतिमा आउनु अत्यन्त आवश्यक छ। उमेरको दृष्टिकोणबाट को युवा,’ को बृद्ध भन्ने भन्दा पनि योग्यता, क्षमता, भएको ब्यक्ति चाहियो युवा भन्ने तर निकम्मा ब्यक्ति राजनीतिमा आए बेर्थ छ । राजनीतिमा युवा होस वा, बृद्ध तर अनुभवी, सक्षम, र ईमानदारी ब्यक्तिलाई छान्न सके मलाई लाग्छ त्यसले राम्रो प्रतिफल दिन्छ । संसारका विभिन्न मुलुकहरूमा -८० बर्ष उमेर पुगेका ईमानदारी सक्षम नेताहरू सत्तामा छन । उनिहरूले आमुल परिवर्तन गरेका छन । त्यसकारण युवा, बृद्ध जे भएपनि नेतृत्व गर्नेलाई परिपक्व भिजन हुनुपर्छ ।
उनले भने व्यवस्थामा केही सुधार गर्नुपर्छ । लामो राजनीतिक अनुभवबाट हामीले केही पाठ सिकेर संम्रचनागत केही ब्यवस्थागत केही संविधानगत सुधार गर्नुपर्छ । तर संविधान वा ब्यवस्था जति उत्कृष्ट भए पनि त्यसलाई कार्यान्वयन गर्न ब्यक्ति दल नेताको नियत ब्यबहार चोखो छैन भने जति सुकै ठिक ब्यवस्था भए पनि ठिक ढङ्गले चल्दैन । व्यवस्थामा केही त्रुटी छन । जस्तो कि निर्वाचन प्रणाली महँगो हुदै गएको छ । सत्ता शक्तिको चर्म दुरुपयोग भइरहेको र परम्परागत शैलीको संसदीय प्रजातन्त्रले विकृतिहरूलाई जन्म दिएको छ । उनले नेपाल पोलसँग कुरा गर्दै भने यि सबै बिसयहरूमा सुधार हुनुपर्छ । ब्यवस्थामा देखिएका त्रुटीहरू सुधारेर मात्र हुदैन त्यसको सञ्चालन गर्ने नेतृत्व ईमानदार सक्षम अनुभवी हुनुपर्छ ।
राप्रपा नेपाल पार्टी राष्ट्रिय राजनीति अन्य दलहरू भन्दा फरक बिचार अलग, पहिचान राष्ट्र निर्माणको वैकल्पिक मार्गबाट खडा गरिएको पार्टी भएको पनि उनले भने २०६३ सालको राजनीतिक परिवर्तन पछि त्यो परिवर्तनका ढोकाहरूबाट देशलाई हिँडाउन खोजे त्यो मार्ग ठिक नभएर वैकल्पिक बिचारको राजनीतिक मार्गबाट राप्रपा नेपाल स्थापना गरेका हौ । राप्रपा नेपालको राजनीतिकमा अन्य पार्टीभन्दा यस कारण फरक छ,’ कि नेपालको राजनीतिमा लामो समयदेखि समाजवादी, साम्यवादी, पूँजीवादी , बिचार बोक्ने दलहरू छन।
तर नेपाली जनताको मनोविज्ञान भनेको संम्ब्रधनवादी छ । नेपालमा बौ,संख्या नेपाली जनता सनातन, धर्म,’ संस्कृत परम्परामा आस्था राख्छन । यो आम जनताको भावनालाई प्रतिनिधित्व गर्ने र राष्ट्रयतालाई बलियो बनाउने उद्देश्यका साथ खडा भएको पार्टी हो राप्रपा नेपाल,’ जनताले राप्रपालाई विस्तारै बुझ्दै जानेछन । उनले भने अहिले देशमा जुन किसिमको भ्रष्टाचार धर्म, परिवर्तनको विकराल रुप रहेको छ । यसबाट मुक्तिको निम्ति पनि राप्रपा नेपालले स्पष्ट निति नियमको खाका तयार गरेको छ। यसमा जनताले सहयोग गर्ने मैले आशा गरेको छु।
3. राप्रपाले घठबन्धन गर्छ कि गर्दैन।
उनले भने हामीले पनि चुनावी तालमेल गर्ने प्रयासमा छौ । किनभने ठुला राजनीतिक दलहरू सुरक्षित हुन, घठबन्धन गरि रहेको अवस्था छ । हाम्रो सानो र नयाँ पार्टी चुनावमा गएर विजयी हुने सम्भावना कम भएकाले यस-अर्थ राप्रपा नेपाललाई हामीले राष्ट्रिय पार्टी बनाउने लक्ष्य राखेका छौ । राष्ट्रिय पार्टी बनाउनको निमित्त हामीले प्रत्यक्षबाट पनि चुनाव जित्नुपर्ने हुन्छ । समानुपातिकमा जनताले देशभरिबाट भोट दिनेछन भन्नेमा हामी आशावादि छौ । प्रत्यक्षबाट जित्नुपर्ने भएकाले केही सिमित क्षेत्रहरूमा अन्य राजनीतिक दलहरूसँग घठबन्धन गर्ने तयारीमा छौ । खास गरि राप्रपा नेपालले नेकपा एमालेसँग सहकार्यका लागी आफ्नो छलफल भइरहेको अध्यक्षले पोलाई बताए।
4. नागरिकता विधेयकमा राप्रपाको धारणा के छ ।
उनले भने घठबन्धनको सरकारले नागरिकताको सम्बन्धमा जुन हचुवाको ढङ्गबाट हतारमा विधेयक ल्याएर आयो त्यसले अनेक आशङ्का उब्जेको छ । २०७४ सालमा नै नागरिकता विधेयक संसदमा छलफलका लागी प्रस्तुत भएको थियो । त्यतिबेला लामो समय लगाएर समितिहरूमा छलफल संवाद भएपछि विधेयक सहमतिमा कायम भएको थियो । र त्यो सहमति अनुसार विधेयक संसोधन गर्नेको निमित्त पुन: बैठकमा पेस गरिएको थियो।
तर समहतिको दस्तावेजलाई आधार बनाएर नागरिकता विधेयकलाई कानुनी रूप दिनुको सट्टा सरकारले चारबर्ष लामो समय बहसमा रहेको विधेयकलाई फिर्ता गर्ने र एक पक्षीय ढङ्गबाट परामर्श गरि आफ्नो महुमतको दम्भको आधारमा राजनीतिक स्वार्थ र चुनावी स्वार्थको लागी संसद्मा विधेयकलाई प्रमाणीकरणका लागी प्रस्तुत गरियो राष्ट्रपति ज्युले अनुमोदन प्रमाणीकरण गर्ने अस्वीकार गर्नु भो,’ विधेयक विवादको विषय बन्यो नागरिकता जस्तो संवेदनशील विषयलाई यसरी हचुवा ढङ्गबाट हेर्नुहुँदैन थियो । किन भने नेपाल जस्तो एउटा भूराजनीतिक परिस्थिति भएको देशमा -१८ सय किलो मिटर भन्दा लामो खुल्ला सिमाना छ आवत जावतको कुनैपनि किसिमको प्रतिबन्ध छैन ।
साथै विगत केही वर्षदेखि नेपालमा शरणार्थीको संख्या बढ्दै गएको छ रोहिङ्गे, भुटानी, मेनमार, लगायतबाट नेपाल आएका थुप्रै शरणार्थीहरूको नेपालमा ठुलो संख्या छ। सिमानामा कुनै प्रतिबन्ध नहुनको कारण शरणार्थी नेपाल प्रवेश गर्ने क्रम,’ अहिले पनि उस्तै छ । यस्तो खुला सिमाना भएको मुलुकमा नागरिकता विधेयक अन्य ढङ्गबाट प्रमाणीकरण गरे राष्ट्रिय पहिचान, राष्ट्रिय एकता, र राष्ट्रिय अखण्डतामा, आघात पुर्याउन सक्छ ।
संसारका अन्य उदाहरणहरू, पनि हामीले देखेका छौ । विदेशी नागरिकलाई नागरिकता दिदा अस्तित्व नै समाप्त हुन्छ । नागरिकता बाँड्दा छिमेक सिक्किम, फिजी, जस्ता देशको अहिले अस्तित्व धरापमा परेको छ भने राजनीतिक प्रणाली नै फरक भएको छ । त्यसकारण हामी नागरिकताका सम्बन्धमा गम्भीर हुनुपर्छ । विधेयकमा राष्ट्रको अस्तित्व खलखल हुने धेरै बुँदाहरू छन नसच्याई हुदैन । नेपाली चेलीले भारतमा विवाह गरे उनले भारतमा ७ बर्षपछि नागरिकता पाउछिन भने विदेशी चेली नेपालमा विवाह गरे भोलिपल्ट नागरिकता दिनु देशको अस्तित्व बेचिनु हो । उनले भने नागरिकता विधेयकमा राष्ट्रको हित हुने बुँदाहरू राख्ने सहमति भयोभने मात्र गर्नुपर्छ भन्ने धारणा राप्रपा नेपाल पार्टीको भएको पार्टी अधक्ष्य कमल थापाले नेपाल पोललाई बताए।
5 .पार्टीको हिसाबले भन्दा बाहिर रहेर नागरिकको हिसाबले देशको परिस्थितिलाई तपाई कसरी मध्यनजर गर्नुहुन्छ ।
उनले भने २०६३ सालको राजनीतिक परिवर्तनपछि देशको आर्थिक राजनीतिक स्थिरता कायम बलियो प्रजातन्त्र, जनताको अवस्थामा आमुल परिवर्तन हुन्छ र देश समृद्धिको,’ दिशातर्फ अगाडी बढ्छ भन्ने आशा विश्वास राखिएको थियो । जनताले त्यही अनुसार दलहरूलाई पटक-पटक जिम्मेवारी दिए तर अहिले १६ बर्षपछि हेर्दा हामी ठिक विपरीत गन्तव्य तर्फ पुगि राखेका छौ । लोकतन्त्रको आवरणमा अहिले केही सिमित राजनीतिक दलका नेताहरूको सिन्डिकेट तंन्त्र देशमा कायम भएको छ सर्वोसत्तावादी प्रविधि हावी भएको छ । अर्को तर्फ देशको आर्थिक अवस्था पनि अत्यन्तै संकटमा परेको छ ।
उद्योग, व्यवसाय वृद्धि नभएको र रोजगारीको सिर्जना हुन नसकेको कारण लाखौ नेपाली युवाहरू विदेश पलायन हुन बाध्य भएका छन यो दु:खद हो । उनले भने स्थानीयतह देखि केन्द्रसम्म भ्रष्टाचारको जालो फैलिएको छ । समग्रमा देशमा ठुलो लूट मच्चिएको र धर्म परिवर्तनमा डडेलो लागेको छ ।
हाम्रो सनातन धर्म संस्कृति कम्जोर हुदै गरेको हुदा राष्ट्रिय एकता र पहिचान भत्किदै जाने स्थिति छ । संग्रहमा यो अवस्थामा मलाई लाग्छ आउने चुनावमा जनताले सकारात्मक ढङ्गबाट ब्यक्तिगत स्वार्थ पार्टीको लोभ, लालच त्यागेर भ्रष्टाचारी, अपराधी, बैईमानी, नेताहरूलाई डन्डित गरेर नेपाली जनताले असल सक्षम अनुभवी नेतामा आफ्नो मतको सदुप्रयोग गरे भने देश जनताको अवस्थामा परिवर्तन आउने बताउदै राप्रपा नेपाल पार्टी अध्यक्ष कमल थापाले नेपाल पोलसँग संवाद गरेका हुन।
यो पनि पढ्नुहोस: नागरिकता विधेयकमा राष्ट्रपतिलाई राष्ट्रिय स्वतंन्त्र पार्टीको साथ विज्ञप्तिमा ,
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस