हेटौँडामा बुधबार रोयल इन्फिल्डर्सको नयाँ क्लासिक ३५० सिग्नल एडिसन मोटरसाइकल सार्वजनिक गरिएको छ। ओम अटोमोवाइल्सले आयोजना गरेको कार्यक्रममा हेटौँडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाही र हेटौँडा लेजेन्ट्सका अध्यक्ष विजय थापाले संयुक्त रूपमा मोटरसाइकल उद्घाटन गरेका थिए।
कम्पनीका प्रोप्राइटर दिविश गोविन्द जोशीका अनुसार, यो मोटरसाइकल रातो–खैरो र खैरो दुई रंगमा उपलब्ध छ। नेपालभरका २४ वटा शोरुममा एकै दिन यसको सार्वजनिक शुभारम्भ गरिएको छ।
Advertisement
नयाँ एअर आयल कुलर इन्जिन सहित यो मोटरसाइकलले सहज पावर डेलिभरी र बलियो टर्क प्रदान गर्दछ। यसका मुख्य विशेषताहरूमा नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्वीच र इन्फो स्वीच पर्दछन्। मूल्य ५ लाख ५५ हजार ७ सय रुपैयाँ रहेको छ।
मोटरसाइकल प्रेमीहरूका लागि यो एक आकर्षक विकल्प बन्न सफल भएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस