हेटौँडा/हेटौँडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरी अस्पतालमा एक्स–रे सेवा शुभारम्भ गरिएको छ। नगर प्रमुख मीनाकुमारी लामाले शुक्रबार एक कार्यक्रमबीच एक्स–रे सेवाको उद्घाटन गरेकी हुन् ।
एक्स–रे सेवा शुभारम्भसँगै अस्पतालमा सोही दिन आँखा शिविर तथा विशेषज्ञ स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको थियो।
Advertisement
स्थानीय नागरिकलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
एक्स–रे सेवा सञ्चालनमा आएसँगै स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने र स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमा सहज रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस






