हेटौँडा-४ हुप्रचौरमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुरको आयोजनामा बुधवारदेखि टि-१० क्रिकेट प्रतियोगिता शुरू भएको छ। बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
मन्त्री महर्जनले खेलको महत्त्व बताउँदै खेल अनुशासन र गतिशीलताले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता समेत रेखांकित गरे।
Advertisement
१६ टिमको सहभागितामा मङ्सिर १५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको उद्देश्य बागमती र मधेश प्रदेशबीच भाइचाराको सम्बन्ध स्थापित गर्नु रहेको छ। विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








