हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ भैरबरोड स्थित नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा आगोलागी भएको छ । भैरवरोड हेटौडाको पुरानो सामान राखेको स्थानमा अचानक आगोलागि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।
Advertisement
उक्त आगो नेपाल प्रहरी, हेटौडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र हेटौडा उपमहानगरपालिकाको २ वटा दमकलको सहयोगमा गएराती नियन्त्रणमा लिएको पहरीले जनाएको छ ।
वर्कशपमा यसअघि दुई पटक आगलागी भएको थियो । ११ वैशाख २०७१ मा लागेको आगलागी दमकलको प्रयोगबाट पनि नियन्त्रणमा लिन नसक्दा डोजरले भवनको पर्खाल भत्काएर नियन्त्रणमा लिइएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








