हेटौडा उपमहानगरपालिका-१५ चुरियामाई स्थित पूर्व-पश्चिम राजमार्गमा मोबिल भएको कन्टेनर (लहरी)अनियन्त्रित भई पल्टदा चालक घाइते भएका छन्।

Advertisement
आज(बिहीबार) बिरगंज-काठमाडौं मार्गमा यात्रा गर्दै गरेको प्र.२-०३-००१ ख ६७३८ नम्बरको मोबिल कन्टेनर लहरी अनियन्त्रित भई सडकमा पल्टिएको छ।
दुर्घटनामा मकवानपुर मनहरी-६ का ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, उनको दाहिने हातमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ। घाइते चालकलाई उपचारको लागि हेटौडा अस्पताल पठाइएको जानकारी दिएका छन्।

सडक दुवै तर्फी अवरुद्ध भएपछि क्रेनको सहयोगमा बाटो खुलाउने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







