कुमा सागर एण्ड द ख्वोपा म्युजिक ब्याण्डको पहिलो कन्सर्ट शुक्रबार हेटौंडामा हुने भएको छ। नेपाल साउण्ड वेभ्स इभेण्ट्सको आयोजनामा हेटौंडा-४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको चौरमा हुने कार्यक्रममा विभिन्न सांगीतिक र सांस्कृतिक प्रस्तुति समावेश गरिएको छ।
नेवारी संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कन्सर्टको साधारण टिकट रु. ५०० र भिआइपी टिकट रु. १,००० तोकिएको छ। हालसम्म करिब ६०० टिकट बिक्री भइसकेको र कार्यक्रममा ४ हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ।
Advertisement
कार्यक्रम संयोजक संगीत श्रेष्ठका अनुसार १५ लाख रुपैयाँ लागत अनुमान गरिएको यस कार्यक्रमबाट प्राप्त आम्दानी विद्यालयका विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री र न्यानो कपडा खरिदमा खर्च गरिने छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस