हेटौंडा/किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा मोतिलाल लामा पुनः निर्वाचित भएका छन्। शनिबार सम्पन्न संस्थाको २५औं साधारणसभाले लामाको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा रमेशकुमार पौडेल, सचिवमा कृष्णबहादुर श्रेष्ठ र कोषाध्यक्षमा उमानाथ आचार्य निर्वाचित भएका छन्। सदस्यहरूमा कृष्णबहादुर श्रेष्ठ, रामप्रसाद ढकाल, गोपिनी खतिवडा, मिराकुमारी पौडेल, कल्पना विक, कुमार बहादुर केसी र धनलक्ष्मी थापा रहेका छन्।
साथै, लेखा समितिको संयोजकमा यशोदा कुमारी उप्रेती तथा सदस्यहरूमा टिकाप्रसाद कडेँल र गोकर्ण तिवारी चयन भएका छन्।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष ध्रुवराज पुडासैनी लगायत विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
अध्यक्ष लामाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार १,११७ शेयर सदस्य रहेको यस सहकारीको शेयर पुँजी १ करोड ३ लाख ६३ हजार ६ सय रुपैयाँ छ। संस्थाले हालसम्म ६ करोड २० लाख ५ हजार ८४३ रुपैयाँ कर्जा लगानी गरेको छ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका घिमिरे दहाल, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







