हेटौंडा उपमहानगरपालिका-१ स्वर्गलोकमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। मृतक महिलाको पहिचान मनहरी गाउँपालिका-३ हाडिखोला निवासी ३७ वर्षीया सीता ब्लोन खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो १२ बजेतिर स्थानीय लीलामणि पौडेलको घर अगाडि ब्लोनको शव फेला परेको हो। प्रहरीका अनुसार मृतक ब्लोन हेटौंडा बजार क्षेत्रमा कबाडी संकलन गर्दै आएकी र बेवारिसे अवस्थामा बस्दै आएकी थिइन्।
Advertisement
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस