हेटौंडा । सांसद तथा पूर्वमन्त्री एकलाल श्रेष्ठले हेटौँडा उपमहानगरपालिका-१२, १३, १४ र १५ का स्थानीय जंगली जनावरको आक्रमणबाट त्रसित रहेको भन्दै तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
Advertisement
श्रेष्ठले हेटौँडाका विभिन्न स्थानमा बाघ र हात्तीको आक्रमणले स्थानीयवासीलाई ठूलो संकटमा पारिरहेको उल्लेख गर्दै, यसबारे सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्ने माग गर्नुभयो।
यससँगै, श्रेष्ठले हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विवाद सम्बन्धी विषयमा टिप्पणी गर्दै १६ मिटरभित्रका स्थानका लागि मुआब्जा वितरणको सहमति भए तापनि, सडक विस्तार प्रक्रिया अघि बढिरहेकाले मुआब्जाको सुनिश्चितता गर्न सरकारलाई आग्रह गर्नुभएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस