मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलमा देवरले भाउजुको हत्या गरेको छ। प्रहरीका अनुसार २२ वर्षीय राहुल दासले बुधबार दिउँसो करिब ४ बजेको बीचमा आफ्नी जेठी भाउजु ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
Advertisement
घटनामा राहुलले आफ्ना माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। घाइते रुपेशको हाल हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।
तीन सन्तानकी आमा गुडियाको शव बुधबार राति १० बजेसम्म पनि प्रहरीले उठाएको थिएन।
राहुलले किन यस्तो घटना घटाए भन्ने स्पष्ट नभए पनि उनले भाउजुको हत्या गरेको र दाइमाथि सांघातिक आक्रमण गरेको स्वीकारेका छन्। हेटौँडामा तरकारी तथा फलफूलको थोक बजारमा बुबासँगै व्यवसाय गर्दै आएका रुपेशमाथि आफ्नै भाइले आक्रमण गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








