हेटौंडा/नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उपशाखाको नियमित कार्यक्रम अन्तर्गत आयोजित रक्तदान कार्यक्रममा १६ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन्।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति किशन घिसिङको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिवहरि दाहाल विशेष अतिथि रहेका थिए।

कार्यक्रममा नेरेसो मकवानपुरका कार्यालय प्रमुख लक्ष्मण भट्टराई, श्रमिक माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की, नेरेसो मकवानपुरका पूर्व उपसभापति उमेश बास्कोटालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, युवा रेडक्रस सर्कलका पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
सभापति घिसिङले रेडक्रस उपशाखाले निरन्तर रूपमा रक्तदानजस्ता मानवीय सेवाका कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै आगामी दिनहरूमा युवाहरू, विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने योजना रहेको उपशाखा सचिव हिक्मत श्रेष्ठले बताए।








