हेटौंडा उपमहानगरपालिका–५ पुष्पलाल पार्कअगाडि शनिबार बिहान स्कुटर दुर्घटनामा नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर कुमार पोखरेल गम्भीर घाइते भएका छन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ८ बजे कमलडाँडाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ५८०७ नम्बरको स्कुटर अचानक ब्रेकफेल भई अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक ६२ वर्षीय पोखरेलको टाउको, निधार र दाहिने हातमा गम्भीर चोट लागेको छ।
स्थानीयबासीले तुरुन्तै उद्धार गरी उनलाई हेटौंडा अस्पतालमा पुर्याएका थिए। हाल पोखरेलको हेटौंडा अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ भने उनी अचेत अवस्थामा रहेका छन्।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








