हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१५ स्थित सानो सुकौली सङ्दोग पली गुम्बा जाने सडकमा स्ल्याब ढलान कार्यको औपचारिक शिलान्यास गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका माननीय सांसद तथा पूर्वमन्त्री एका लाल श्रेष्ठले ढलान कार्यको शिलान्यास गर्नुभयो।
Advertisement
शिलान्यास कार्यक्रममा वडाध्यक्ष सुनिल मोक्तानसहित अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बागमती प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन कार्यालयबाट विनियोजित २० लाख रुपैयाँ बजेटमार्फत २३० मिटर लम्बाइ र ६ मिटर चौडाइको स्ल्याब ढलान कार्य सुरु गरिएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








