हेटौंडा/ नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, हेटौंडा–४ द्वारा आयोजित २२ औँ साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम हेटौंडा उपशाखाका सभापति किसन घिसिङको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापा र जिल्ला शाखाका उपसभापति शिवहरि दाहालले मन्तव्य व्यक्त गरेका थिए।
यस अवसरमा पूर्व जिल्ला सभापति सुर्यचन्द्र न्यौपाने, पूर्व उपसभापति उमेश बास्कोटा, जिल्ला सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा, रेडक्रस जिल्ला विभागका सदस्य सञ्जय न्यौपाने, मिलन न्यौपाने, रामप्रसाद प्रसाईँ, सल्लाहकार हरिप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो।
भेलामा सचिव हिक्मत श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिताराम दाहालले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको रेडक्रस उपशाखाले जानकारी दिएको छ।








