हेटौंडा/लोकतान्त्रिक निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेल निर्विरोध निर्वाचित हुनुभएको छ। आइतबार हेटौंडामा सम्पन्न संघको प्रथम अधिवेशनले कंडेललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा शिवबहादुर थापा र भवनाथ अधिकारी, महासचिवमा सुरज बर्तौला चयन हुनुभएको छ। त्यस्तै, उपमहासचिवमा नवराज पाठक र कृष्ण नकर्मी, कोषाध्यक्षमा हरेराम पुडासैनी तथा सहकोषाध्यक्षमा आकाशकुमार गोले निर्वाचित हुनुभएको संघले जनाएको छ।
निर्वाचित सदस्यहरूमा अजित मानन्धर, अमित कंडेल, हेमन्तकुमार थापा, बालकृष्ण केसी, निर्माण न्यौपाने, राजन घिमिरे र विजय गोपाली रहेका छन्।
संघको सल्लाहकार टोलीमा ईश्वर पण्डित, पशुपति रिजाल, भीमसेन श्रेष्ठ र मिठाराम दाहाललाई चयन गरिएको छ।
संघको अधिवेशनको पहिलो सत्र अध्यक्ष कंडेलको अध्यक्षतामा तथा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको उपस्थितिमा सम्पन्न भयो। दोस्रो सत्रको प्रमुख आतिथ्यता कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेले गर्नुभएको थियो।
कार्यक्रममा लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय संयोजक रवि सिंह, नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दार्जे लामा ‘एडी’, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव ईश्वर पाठकलगायतको उपस्थिति रहेको थियो।
नव-निर्वाचित अध्यक्ष कंडेलले संघको संस्थागत विकास र व्यवसायीको हितमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।








