मकवानपुर जिल्ला र उच्च बारको नेतृत्व गरिसकेका पूर्व अध्यक्षहरूद्वारा मंगलबार एक भेलाको आयोजना गर्दै “कानुन व्यवसायी पूर्व अध्यक्ष मञ्च” गठन गरिएको छ।
मञ्चको संयोजकमा अधिवक्ता मुकुन्द अधिकारी चयन हुनुभएको छ भने सहसंयोजकमा अमृत लामा, सचिवमा ईश्वरी अधिकारी, र कोषाध्यक्षमा अप्सरा बस्नेत चयन हुनुभएको हो। यस्तै, सदस्यहरूमा युबराज ओली, मदन दाहाल, पुष्प बहादुर थापा, युबराज खतिवडा र केशव गौतम चयन हुनुभएको छ।
मञ्चको सल्लाहकारमा बरिष्ठ अधिवक्ताहरू सूर्यचन्द्र न्यौपाने, एकराज बास्तोला, अर्जुन उप्रेती र ईश्वरराज ढकाल रहनुभएको छ।
मञ्चले अदालतमा निष्पक्ष र स्वच्छ सुनुवाइको वातावरण निर्माण गर्दै सर्वसाधारणमा न्याय प्रणालीप्रतिको विश्वास र सम्मान अभिवृद्धि गर्न काम गर्ने जनाएको छ। साथै, बार र बेञ्चसँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका खेल्ने संयोजक अधिकारीले जानकारी दिनुभयो।








