जेसीआई हेटौंडाको आयोजनामा र नोम्याड्स वाई लामिराको सहकार्यमा मकवानपुरगढी गाउँपालिका–४ स्थित मनकामना मन्दिर परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
आज(शनिबार) सम्पन्न उक्त कार्यक्रममा जेसी मित्र प्रसाद गौतमको संयोजन तथा जेसीआई हेटौंडा वर्ष २०२५ का अध्यक्ष सिनेटर पंकज दास बानियाँको अध्यक्षतामा कार्यक्रम संचालन भयो। कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा ४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना प्रमुख अतिथि रहनुभएको थियो।
सो अवसरमा जेसीआई नेपाल वर्ष २०२५ का राष्ट्रिय महासचिव तथा जेसीआई हेटौंडाका पूर्व अध्यक्ष विकेश लाल श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष राजदेव बानियाँ, युवा अभियन्ता प्रस्युज मैनाली विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसी विश्व प्रसाद गौतमले राख्नुभएको थियो भने, महासचिव संजय कुमार न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सहभागिहरूले मन्दिर क्षेत्र सरसफाइ गर्नुका साथै मन्दिर वरिपरि वृक्षारोपण गरेका थिए।
वडाध्यक्ष तिमल्सिना र अभियन्ता मैनालीले बोटविरुवा, वनजंगल तथा वातावरण संरक्षणप्रति चेतना फैलाउन यस्ता कार्यक्रमको महत्व रहेको धारणा व्यक्त गरे। उनीहरूले वृक्षारोपणसँगै संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सन्तोष पराजुलीसहित जेसीआई हेटौंडाका सदस्य तथा नोम्याड्स वाई लामिराका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।









