बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले पदभार ग्रहण गर्दै तीनवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्।
उनका अनुसार, प्रदेशस्तरीय यातायात व्यवस्था नियमावली तयार गरिनेछ, आईटी हब स्थापना गरिनेछ र ५ सय युवालाई सवारीचालक तालिम दिइ रोजगारी सिर्जना गरिनेछ।
Advertisement
मन्त्री थापाले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र रोजगारीमुखी बनाउने दिशामा मन्त्रालयले प्राथमिकताका साथ काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार यी कार्यक्रमहरू युवालाई आत्मनिर्भर बनाउने र प्रदेशको रोजगारी वृद्धिमा टेवा पुग्ने उद्देश्यसहित अघि सारिएका हुन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







