राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले मकवानपुरका युवा नेता नितेश पराजुलीलाई साइबर सर्कल विभागको प्रमुखको जिम्मेवारी दिएको छ।
संघका प्रदेश संयोजक हरि शरण जमकटेलको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा संगठनका केन्द्रिय अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथि थिए। साथै, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा संघका उपाध्यक्ष महाराज गुरुङ, महासचिव महेश चौलागाई, सचिवालय सदस्य एवं प्रदेश सहइञ्चार्ज प्रतिमा श्रेष्ठ तथा अनुशासन आयोग सचिव प्रतीक न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
बैठकमा संगठन सुदृढीकरण, प्रविधिको प्रभावकारी उपयोग, युवा परिचालन लगायतका विषयमा गहन छलफल गर्दै विभिन्न निर्णयहरू गरिएको छ। त्यही क्रममा नितेश पराजुलीलाई साइबर सर्कल विभागको प्रमुखको जिम्मेवारी दिइएको हो।







