उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका रिक्त दुई सञ्चालक सदस्य पदमा नियुक्तिका लागि ७ जनालाई अन्तर्वार्तामा बोलाएको छ।
Advertisement
मन्त्रालयले सूचना जारी गर्दै प्रतिस्पर्धाका लागि स्वीकृत उम्मेदवारहरूको नामावलीसहित अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको हो।
गत साउन ४ गते प्रकाशित सूचनाअनुसार प्राप्त दरखास्तहरूमध्येबाट ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यहरूको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ अनुसार उम्मेदवार छनोट गरिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







