मकवानपुरको हेटौंडास्थित सिआन पुनर्स्थापना केन्द्रलाई हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले स्टिल जस्तापाता (रूफिङ सामग्री) सहयोग गरेको छ।
गोल्छा समूहअन्तर्गत बारा सिमरामा रहेको हुलास स्टिलले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत २ लाख रुपैयाँ बराबरको ४ हजार वर्गफुट क्षेत्रफल ढाक्ने २० बन्डल जस्तापाता केन्द्रलाई हस्तान्तरण गरेको हो। लागुऔषध दुर्व्यसन, मदक पदार्थ सेवन तथा मानसिक समस्याबाट ग्रस्त व्यक्तिहरूको उपचार, परामर्श र पुनर्स्थापनामा सक्रिय सिआनलाई सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा हुलास स्टिल इन्डस्ट्रिजका प्रशासन प्रमुख रवीन्द्र पण्डितले सिआनका प्रतिनिधि अनुप भुजेल, रोशन सिलवाल, मनिषमान श्रेष्ठ र राहुल सुवेदीलाई सामग्री हस्तान्तरण गरे।
सो अवसरमा प्रशासन प्रमुख पण्डितले हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको उत्थान, पुनर्स्थापना र सशक्त समुदाय निर्माणका लागि निरन्तर योगदान गर्दै आएको बताए। उनले सिआन पुनर्स्थापना केन्द्रले युवालाई लागूपदार्थको दुरुपयोगबाट मुक्त गराउँदै सकारात्मक जीवनतर्फ डोर्याउने उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा गरे। सिआनका प्रतिनिधिहरूले हुलास स्टिलको सहयोग संस्थाका लागि अत्यन्त महत्वपूर्ण र प्रेरणादायी भएको जनाए। “नशामुक्त, स्वस्थ र उत्पादक समाज निर्माण हाम्रो दीर्घकालीन भिजन हो, र यस्ता सहयोगहरूले हामीलाई थप ऊर्जा र हौसला प्रदान गर्छ,” सिआनले जनाएको छ।
केन्द्रका कर्मचारी अनुप भुजेलका अनुसार, सिआनको उद्देश्य केवल उपचारमा सीमित छैन, बरु प्रत्येक व्यक्तिलाई अवसर, आशा र सम्मानसहित समाजमा पुनःस्थापित गर्ने हो। त्यस्तै, मनिषमान श्रेष्ठले यो सहयोगले भौतिक संरचना सुदृढीकरणसँगै साझा जिम्मेवारी र सकारात्मक सहकार्यको सन्देश दिएको बताए। “यसले संस्थाको क्षमता वृद्धि मात्र होइन, सामूहिक उत्तरदायित्व र सामाजिक रूपान्तरणतर्फ सबैलाई प्रेरित गरेको छ,” उनले भने।
सिआनका रोशन सिलवालले हुलास स्टिलप्रति आभार व्यक्त गर्दै, “यो सहयोग सामग्रीको मात्र होइन, सिआनको मिशनप्रति विश्वास र उत्प्रेरणाको प्रतीक हो,” भने। सिआन पुनर्स्थापना केन्द्रले विगत एक दशकदेखि लागूपदार्थ प्रयोगकर्ताहरूको उपचार, परामर्श, पुनर्स्थापना तथा समाजमा पुनःएकीकरणका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएक








