जेसीज सप्ताह–२०२५ अन्तर्गत जेसीआई हेटौंडाद्वारा आयोजित ‘अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता’ बुधबार सम्पन्न भएको छ।
‘भिजन, एक्सन, सक्सेस’ विषयमा आयोजित प्रतियोगितामा १२ जना जेसीज सदस्यले सहभागीता जनाएका थिए। प्रतियोगितामा सन्तोष पराजुली प्रथम, संजय कुमार न्यौपाने द्वितीय तथा किरण आले र विवेक फुयाल तृतीय स्थानका सह–उपविजेता घोषित भएका छन्।
कार्यक्रमको निर्णायक मण्डलमा सन् २००८ का शाखा अध्यक्ष कुश रिजाल र सन् २०१५ का शाखा अध्यक्ष दिपक राज मिश्र रहेका थिए। सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सृजन राज बज्राचार्य संयोजक तथा सन् २००१ का पूर्व शाखा अध्यक्ष धर्मकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। 
जेसीज सप्ताहको क्रममा यसअघि रक्तदान कार्यक्रम र स्लो मोटरसाइकल रेस सम्पन्न भइसकेको तथा आगामी दिनहरूमा अन्य सामाजिक र व्यक्तित्व विकासमुखी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी जेसीआई हेटौंडाका महासचिव न्यौपानेले दिएका छन्।








