मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोस्टमा प्रहरीले बिल–विजकमा उल्लेखित सामानभन्दा भिन्न सामान लोड गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ।
आइतबार राति करिब १:३० बजे नियमित चेकजाँचका क्रममा प्रहरी चौकी भैसेबाट खटिएको टोलीले बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ३०८२ नम्बरको ट्रक रोकेको थियो। सो ट्रकमा करिब रु. २५ लाख बराबरको बिल–विजकमा उल्लेखित वस्तुभन्दा फरक सामान रहेको शंका लागेपछि प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Advertisement
ट्रक चालक पर्सा, वीरगंज महानगरपालिका–१६ नगवाका ४५ वर्षीय विजय साहलाई घटनास्थलमै नियन्त्रणमा लिएर ट्रकसहित आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




