काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १० जनाका मृत्यु भएको छ ।
विस्फोटमा परी ४० जना घाइते भएका हुन् । जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी भएको हो । अग्नीनियन्त्रहरुले आगलागी नियन्त्रणको प्रयास गर्दा विस्फोट भएको हो ।
Advertisement
विस्फोटका कारण अस्पतालको छतको केही भाग भत्केपछि बिरामीहरुलाई अन्यत्र सारिएकाे थियो । विस्फोटका कारण केही सवारीसाधनमा क्षति पुगेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








