हेटौंडा/हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको ५८औँ अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
विद्यालयमा आयोजित अभिभावक भेलाबाट तिलक पराजुली विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
त्यस्तै, समितिको सदस्यमा हरि श्रेष्ठ, रिना वाईवा, निर्मला पौडेल सापकोटा, सुवास सिँन्तान लामा र किरण कुमारी सर्वसम्मत निर्वाचित भएका छन्।
नयाँ व्यवस्थापन समिति चयन भएसँगै विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउँदै अघि बढाउने अपेक्षा गरिएको छ।
विद्यालय व्यवस्थापन समितिले विद्यालयको समग्र व्यवस्थापन, शैक्षिक वातावरण सुधार तथा अभिभावक र विद्यालयबीचको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सर्वसम्मत नेतृत्व चयनले आगामी दिनमा विद्यालयका गतिविधि थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विद्यालयले जनाएको छ।








