एसियाली खेलकुदको महिला क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेल आज चीनसँग खेल्दैछन् । मलेसियाको बायुमास ओभलमा हुने उक्त खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।
६ टोली सहभागी छनोटमा शीर्ष ३ टोलीले आगामी असोजमा जापानमा हुने २०औं एसियाली खेलकुदमा छनोट हुनेछन् ।
Advertisement
६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् ।समूह ‘ए’मा आयोजक मलेसियासहित हङकङ र थाइल्याण्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस









