एजेन्सी । अमेरिकामा हिमआँधीका कारण ६२ जनाको मृत्यु भएको छ। मृतकमध्ये सबैभन्दा बढी न्युयोर्क राज्यको बफेलो सहरका हुन्। उत्तर अमेरिकामा एक सातायताको घातक हिमआँधीका कारण जनजीवन निकै प्रभावित भएको अधिकारीहरूले जनाएका छन्।
अमेरिका र क्यानडाका अधिकांश क्षेत्रमा फैलिएको आँधीका कारण हजारौं मानिसहरू बिजुलीबिना नै बाँच्न बाध्य भएका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्। इरी काउन्टीमा पर्ने बफेलो सहरमा मात्रै ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
Advertisement
मृतकमध्ये केहीको हिउँ हटाउने क्रममा हृदयाघात भएर ज्यान गएको अधिकारीहरूले जनाएका छन्। घर वरपर जमेको हिउँ सावेलले हटाउँदा ढाड दुख्ने र हृदयाघात हुन सक्ने भन्दै बफेलो सहरमा सूचनासमेत जारी गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








