न्युजविक डटकमले अमेरिका सञ्चारमाध्यम लगायत ठुला सेलिब्रेटीका फेसबुक फलोअर्स गायब भएको बताएको छ । नेपालका सेलिब्रेटीका समेत फलोअर्स गायब भएका छन ।
बुधवार बिहान देखि सेलिब्रेटीका फलोअर्स संख्या घटेको देखिएको हो ।
फेसबुकको सुरक्षा कमजोरीको कारण हुन सक्ने आशंका गरिएको छ । मार्क जुकरबर्ग सहित विश्व भरका लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका छन् । फेसबुक पेजमा भने यो समस्या देखिएको छैन ।
फेसबुक संस्थापक सीईओ मार्क जुकरबर्गका लगभग ११ करोड ९० लाख फलोअर्स थिए अहिले घटेर ९ हजार छन ।
फेसबुक फलोअर्स गायब भएको बिसयमा टुविटर प्रयोगकर्ताहरूले टुविट गररे फलोअर्स गायब भएको भन्दै गुनासो गरेका छन ।
फेसबुक प्रयोगकर्ताहरूले असुरक्षि महसुस गरेका छन; भने यो गम्भीर र चिन्ताजनक विषय बनेको छ ।यस बियसमा हालसम्म फेसबुक कम्पनीले कुनै जवाफ दिएको छैन ।








