हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने सडक विस्तारको कामले गति लिएको छ।
हेटौँडादेखि भीमफेदी, फाखेल हुँदै हुमाने फर्पिङसम्मको ३३.५ किलोमिटर सडक विस्तार भइरहेको छ।
Advertisement
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि यसको निर्माणलाई तीव्र पार्न निर्देशन दिएका छन्।
यस क्षेत्रको ११.५ किलोमिटर सडक पहिले नै कालोपत्रे भइसकेको छ। बाँकी क्षेत्रको स्तरोन्नति र विस्तारको काम जारी रहेको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी हरि ओझाले जानकारी दिए ।
फागुनभित्र सबै खण्ड कालोपत्रे गर्ने लक्ष्यका साथ काम भइरहेको छ। प्रदेश सरकारले यसका लागि एक अर्ब १४ करोड बजेट विनियोजन गरेको छ ओझाले बताए।
यस सडकले हेटौँडा र काठमाडौंबीचको दूरी घटाउनेछ भन्नेमा विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







