हेटौंडा/ रोटर्याक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा सुजन राई पदस्थापित भएका छन्। शनिबार हेटौंडामा आयोजित क्लबको ११औँ पदस्थापन समारोहबाट राईले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
अध्यक्ष राईले क्लबको नयाँ कार्यसमितिमा उपाध्यक्षमा जमुना थापा, सचिवमा रविना घिमिरे लुइँटेल, सहसचिवमा रचना कार्की, कोषाध्यक्षमा मनोज राई र सहकोषाध्यक्षमा अलिसा न्यौपानेलाई चयन गरेका छन्।
त्यस्तै, क्लब एड्मिन चेयरमा स्वस्तिका अर्याल, सर्भिस प्रोजेक्ट चेयरमा सुष्मा बर्तौला, लर्निङ फ्यासिलियटरमा दिपेश खनाल, पब्लिक इमेज चेयरमा सनोज राई, मेम्बरसीप चेयरमा मैयाँ थापा बस्नेत, इन्टरनेशनल सर्भिस चेयरमा कृष्ण अधिकारी, फेलोसिप चेयरमा गंगा थापा र सर्जेन्ट एट आर्म्समा राजु सेन्चुरी चयन भएका छन्।
रोटर्याक्ट क्लब अफ मकवानपुर वर्ष २०२५/२६ का अध्यक्ष अमितकुमार क्षेत्रीको अध्यक्षता तथा कार्यक्रम संयोजक कृष्ण अधिकारीको संयोजकत्वमा समारोह सम्पन्न भएको हो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो।








