राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार गठनका लागि राप्रपाले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन्।

Advertisement
नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन दिइएको समर्थन पत्र पार्टीको निर्णयविपरीत भएको भन्दै लिङ्देनले यसबारे प्रदेश प्रमुखलाई जानकारी गराइसकेको बताए। पार्टी निर्णयविपरीत गतिविधिमा संलग्नमाथि अनुशासनको कारबाही प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
यता, प्रदेश प्रमुखको कार्यालयले भने बागमती प्रदेशबाट प्राप्त आधिकारिक निर्णयलाई नै मान्यता दिइने जनाएको छ। केन्द्रबाट पठाइएको पत्रको खासै कानुनी महत्त्व नरहने भन्दै कार्यालयले भोलि ४ बजेसम्म दलका नेताले समर्थन फिर्ता नलिए प्राप्त समर्थनकै आधारमा सरकार गठनको प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








