हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
स्थापना दिवसका अवसरमा फुटबल, फुटसल, भलिबल लगायतका खेलकुद प्रतियोगिताहरू भएका छन्। साथै वडास्तरीय सरसफाइ, रक्तदान लगायतका कार्यक्रम पनि सम्पन्न भएका छन्।
उपमहानगरले ५५ औं स्थापाना दिवस पारेर उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयम सेवीका, टोलबिकास सस्था, बाल समुह र जग्गादाताहरुलाई सम्मान गर्ने उपमहानगपालिका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताए ।
नगर स्थापना दिवसको उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षि बिकास मन्त्री बेदुराम भूषालले गर्ने कार्यतालिका रहेको उपमहानगरले जनाएको छ ।दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिने छ भने नगर प्रगति पुस्तिकाको विमोचन हुनेछ।
कार्यक्रम नगर प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा दिवस मनाउन तयारी समिति गठन गरिएको छ।







