हेटौँडा – पछिल्लो समय विद्युतीय सवारी सञ्चालन बढेसँगै हेटौँडामा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ।
बिहीवार निजी क्षेत्रको लगानीमा हेटौँडा उपमहानगरपालिका–९, कर्रामा दुर्गामाता चार्जिङ स्टेशनको उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीले उद्घाटन गरिएको हो।
Advertisement
कर्रास्थित दुर्गामाता चार्जिङ स्टेशनमा युवा व्यवसायी उपेन्द्र सापकोटा, विप्लप पौडेल र सन्तलाल मिजारले संयुक्त रूपमा लगानी गरेका छन्। सो स्टेशनमा हाल ५ वटा विद्युतीय चार्जिङ उपकरण राखिएका छन् र एकैपटकमा ५ वटा सवारी साधन चार्ज गर्न सकिन्छ।
करिब एक करोड रुपैयाँको लागतमा स्थापित स्टेशनमा विद्युतीय सवारी चार्ज गर्ने उपकरण राखिएका छन्।
स्टेशन सञ्चालकहरूले भने, यसले पेट्रोलियम पदार्थको आयात कम गर्न सहयोग पुग्नेछ। साथै वास र खानाको लागि पनि व्यवस्था गरिएको सञ्चालकले बताएका छन।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







