हेटौंडा/नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनको विषयमा मत नमिल्दा नेपाल तरुण केन्द्रीय सदस्य राजेश भेटवालले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग राखेका छन्।
Advertisement
मकवानपुरको विकट क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइने गाँजालाई सरकारले वैधानिकता दिनुपर्ने उनको माग छ। स्थानीय चेपाङ समुदाय गाँजा खेतीका कारण पक्राउ पर्ने र जेल जानुपर्ने बाध्यतामा रहेकाले यसलाई वैधानिकता दिनुपर्ने उनको जोड छ।
भेटवालले गठबन्धनको विषयमा भने ०८२ को अधिवेसन पछिको नेतृत्वले निर्णय गर्नुपर्ने मत राखेका थिए । उनले ०८४ मा हुने निर्वाचनमा अहिले नेतृत्वले गठबन्धन गर्ने वा नगर्ने भन्ने कुराको निर्णय गर्न नपाउने बताए । पार्टीको ०८२ मा हुने निर्वाचनले हुने नेतृत्वले मात्रै उक्त विषयको निर्णय गर्ने अधिकार रहने बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







