तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस
मकवानपुर – बागमती प्रदेशसभाको सोमबारको बैठकमा तीन वटा महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले पारित गरिएको छ। प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक, प्रदेश कृषि विकास सम्बन्धी विधेयक र प्रदेश स्वास्थ्य ऐन २०७५ को संशोधन विधेयक गरी तीनवटै विधेयक सर्वसम्मतिले पारित भएका हुन्।
बैठकमाकृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धी विधेयक, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले प्रदेश हस्तकला ग्राम सम्बन्धी विधेयक प्रस्तुत गरेकी थिइन् भने स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य ऐन संशोधन विधेयक प्रस्तुत गरेका थिए।
सभामुख भुवनकुमार पाठकले यी विधेयकहरूलाई छलफलपछि प्रदेशसभामा पेश गरेका थिए। त्यसपछि सांसदहरूले सर्वसम्मतिले तीनवटै विधेयक पारित गरेका हुन्।
यसअघि आइतबारको बैठकमा संसदीय समितिका सभापतिहरूले आ-आफ्ना समितिको प्रतिवेदन पेश गरेका थिए। उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले विभिन्न विधेयकहरूको निर्णय प्रतिवेदन प्रस्तुत गरेका थिए।
सोमबारको बैठकमा शून्य तथा विशेष समय निर्धारण गरिएको थिएन। बैठकको अन्त्यमा सभामुख पाठकले अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित गरेको जानकारी दिए।