नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा शुक्रबार पार्टी जागरण अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार हेटौंडा–४ पार्टी कार्यालयको सभाहलमा उपमहानगर कमिटीका उपाध्यक्ष राजकुमार बास्तोलाको अध्यक्षता तथा एमालेका केन्द्रीय सचिव महेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टी संगठनलाई थप सुदृढ बनाउने, नेता–कार्यकर्ताबीचको समन्वय तथा समसामयिक राजनीतिक विषयमा अभिमुखीकरण गर्ने विषयमा छलफल गरिएको बताइएको छ ।
एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले पार्टी जागरण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रम नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर राना , नेता डोरमणी पौडेल , केन्द्रिय सदस्यहरु एकलाल श्रेष्ठ , भारती पाठक लगायतको उपस्थिती रहेको थियो ।








