रसुवाभोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित उत्तरगया/ गाउँपालिकाका २५० परिवार र ५० जना सुत्केरी आमा तथा शिशुका लागि राहत सामग्री हस्तान्तरण गरिएको छ।
Advertisement

उत्तरगया गाउँपालिकाको अनुरोधमा LiScha Himalaya e.V. को आर्थिक सहयोग तथा दिगो विकासका लागि एकता नेपालको व्यवस्थापनमा खाद्यान्न, भाँडाकुँडा, सरसफाइ सामग्री, सोलार सेट, टर्च, ब्ल्याङ्केटलगायत दैनिक आवश्यक सामग्री उपलब्ध गराइएको हो।

सुत्केरी आमा तथा शिशुका लागि दूध, गाउन, फलाटिन कपडा, ज्वानो, मेथी र चामलको पिठोलगायत अतिरिक्त सामग्रीसमेत व्यवस्था गरिएको परियोजना व्यवस्थापक अनिल पौडेलले जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले राहत सामग्री प्रभावित परिवारसम्म प्रभावकारी र पारदर्शी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। 
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








