हेटौँडा/महान् चाड विजयादशमीको मुखमा हेटौँडा बजारमा खसीको अभाव हुँदा मासु व्यवसायीहरू समस्यामा परेका छन्। बजारमा खसी नपाएपछि व्यवसायीहरू रित्तो हात फर्किनुपरेको हेटौँडा खसी व्यवसाय सङ्घका वरिष्ठ उपाध्यक्ष रमेश न्यौपानेले बताएका छन्।
न्यौपानेका अनुसार हेटौँडाका खसी व्यवसायीहरूले बजारमा खसी खोज्दा समेत उपलब्ध हुन सकेका छैनन्। करिब ९०० किलो तौलका खसी हेटौँडाबाटै अन्य व्यवसायीले लगेपछि बजारमा खसीको अभाव भएको उनले बताए।
Advertisement
दशैँमा खसीको मासुको माग बढ्ने समयमा आपूर्ति कम हुँदा उपभोक्ताले समेत सहज रूपमा मासु पाउन नसकेको व्यवसायीहरूले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस






