हेटौँडा/नेपालीहरूको महान् चाड दशैं तथा तिहारलाई लक्षित गर्दै पशु सेवा कार्यालय मकवानपुरले खसीबोका बिक्रीस्थल तथा मासु पसलहरूको अनुगमन गरेको छ।
स्वस्थ, स्वच्छ तथा गुणस्तरीय मासुको उत्पादन, बिक्री र वितरण सुनिश्चित गरी उपभोक्तालाई गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले संयुक्त अनुगमन गरिएको हो।
Advertisement
पशु सेवा कार्यालय मकवानपुर, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधिहरू सम्मिलित टोलीले मासु पसल तथा जिउँदो खसीबोका बिक्रीस्थलमा स्वास्थ्य परीक्षण, अनुगमन तथा निरीक्षण गरेको कार्यालय प्रमुख रामप्रकाश प्रधानले जानकारी दिनुभयो।
चाडपर्वका बेला मासुको माग बढ्ने भएकाले उपभोक्ताले स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाऊन् भन्ने उद्देश्यले अनुगमन गरिएको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस






