नाइजेरियामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिएका छन् ।
बिहीबार आयोजित अनलाइन सञ्चारमाध्यम ब्रिफिङमा उहाँले पूर्वी अफ्रिकाबाट नाइजेरियामा भाइरस प्रवेश गरेको पुष्टि गर्दै यसलाई महादेशको पश्चिमी क्षेत्रमा देखिएको पहिलो घटना भएको बताए ।
नाइजेरियाले मङ्गलबार बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसबाट एक महिलामा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । ती महिला कूटनीतिज्ञ रहेको र हालै युगान्डाको भ्रमण गरेर फर्किएकी थिइन् ।
यही प्रजातिको भाइरसका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा पनि ठुलो प्रकोप फैलिएको छ ।अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरिया यस प्रकोपबाट प्रभावित हुने चौथो अफ्रिकी मुलुक बनेको छ । पूर्वी अफ्रिकाको केन्यामा पनि अक्टोबर ६ यता नौ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।






