हेटौडा/ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर, पशुपतिनगरको आज सम्पन्न भएको १९ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमा हेटौडा उपमहानगरपालिका वडा नं.९ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरको प्रांगणमा सम्पन्न भएको छ ।
कार्यक्रमको सभध्यक्षता सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरिक्षक सिताराम रिजाल रहनु भएको थियो l कार्यक्रम दुइ चरणमा सम्पन्न भएको हो, प्रथम चरणमा औपचारिक कार्यक्रम संगै सांस्कृतिक कार्यक्रम भएको थियो भने उक्त कार्यक्रम पश्चात बन्दसत्रवाट नया कार्य समिति सर्वसम्मत चयन भएको हो
शसस्त्र प्रहरी मद्दती गुल्म, प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल प्रहरी रातोमाटे विशेष सुरक्षा गण, नेवा: भेष भुषा संरक्षण समित, नेवा: संस्कृति पुच:, श्री प्रगती मा.वि., श्री कृष्ण आदर्श मा.वि., मोडन बो. स्कुल, ते को सी कराते, नेपाल स्काउट बंशगोपाल ट्रुप तथा गोरख्क्षनाथ ट्रुप लगायतको सांस्कृतिक प्रस्तुति रहेको थियो
कार्यक्रममा केन्द्रलाइ विभिन्न समयमा आवश्यकता अनुसारको सेवा प्रदान गरि सहयोग पुर्याउने ५ व्यक्तिहरुलाइ प्रमुख अतिथि तथा अतिथिहरुको हात वाट सम्मान पत्र प्रदान गरिएको छ
कार्यक्रममा केन्द्रका मानार्थ सदस्य एवम् जिल्ला सवन्वय समितिका निवर्तमान प्रमुख रघुनाथ खुलाल, गैर सरकारी संस्था महासंघ, बागमती प्रदेश प्रमुख आरति पाठक, हे.उ.म.न.पा. १० नं. वडाका वडा अध्यक्ष फुर्बा दोर्जे लामा, मामा घर नेपालका संचालक अर्पण पराजुली, सामुदायिक प्रहरी पदमपोखरी उप-केन्द्रका प्रमुख, सामुदायिक प्रहरी मयुरधाप उप-केन्द्रका प्रमुख, इलाका प्रहरी कार्यालय, पशुपतिनगरका प्रमुख, जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख, शसस्त्र प्रहरी मद्दती गुल्मका प्रमुख, लगायत अन्य विभिन्न सामाजिक संघ संस्था, प्रहरी कार्यालय तथा गण, विद्यालयहरुका प्रतिनिधि साथै सम्पूर्ण राजनैतिक दलका प्र्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो l
सभामा केन्द्रका अध्यक्ष द्वारा वार्षिक प्रगती विवरण तथा आगामी कार्य योजना प्रस्तुत गरि पारित गरिएको छ भने विधान संसोधन गरि कार्य समिति सदस्य तथा पदाधिकारी थप गर्न मिल्ने व्यस्था गरि पारित गरिएको छ।
अधिवेशनका लागि अधिवक्ता केशव प्रसाद गौतमको संयोजतामा तथा अधिवक्ता मदन कुमार दाहाल र अधिवक्ता दुर्गा कुमारी कार्कीको सदस्यतामा निर्वाचन समिति गठन गरि नया कार्य समिति चयन गर्न प्रक्रिया अधि बडाइएको थियो भने नया कार्य समिति भने सर्वसम्मत रुपमा चयन भएको ।








