नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका रिजन ढकाललाई हेटौँडास्थित निको अस्पताल प्रालिले सम्मान गरेको छ।
हेटौँडा–२, पुरानो मकवानपुर रोडस्थित अस्पतालले ढकाललाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको हो। खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अस्पतालले ढकालको परिवारका सदस्यलाई एक वर्षसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणासमेत गरेको छ।
Advertisement
अस्पतालका सञ्चालक सुधीर दाहाल र निर्देशक डा. दीपेन्द्र पौडेलले ढकाललाई नगद ५ हजार एक सय पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए।
सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी र प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीलगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस






