स्थानीयको मागलाई मध्ये नजर गर्दै वडा ६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई अनुरोध गर्दै समस्या समाधान गराउँन सफल भएका थिए । केही साता अघि घिसिङ सहित अध्यक्ष दहाल लगायत स्थानीयको सहयोगमा पुलको निरिक्षण गरी तत्काल समस्या समाधान गर्ने प्रतिवद्धता भएको थियो । सोही अनुरुप केही दिन अघि पुलमाथी लत्रिएको तार व्यवस्थित गरी सडक सञ्चालनमा ल्याएको वडाध्यक्ष दाहालले बताए ।
पुल २ स्पानमा निर्माण गरिएको छ । ११ मिटर चौडाई र ६० मिटर लम्बाईमा बनेको पुल सपना, मेरिना विद्यान्चल ज्वाइन्ट जेभीले निर्माण गरेको हो । पुलको निर्माण लागत भ्याट बाहेक ६ करोड १८ लाख बजेटमा निर्माण गरिएको हो ।