मिटरब्याज पीडित मकवानपुर जिल्ला कार्य समितिले हेटौंडामा विरोध प्रदर्शन गर्दै पीडित परिवारलाई न्याय दिलाउन माग गरेको छ।
हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्धचोकमा समितिको आयोजनामा विरोध कार्यक्रम गरिएको हो। जिल्ला अध्यक्ष पुनम थापाको नेतृत्वमा भएको हो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–६ निवासी होमनाथ गौतमको २०८३ जेठ १४ गते भएको मृत्युको विषय उठाउँदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको थियो। सहभागीहरूले पीडित परिवारलाई न्याय दिलाउनुपर्ने तथा घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्नुपर्ने माग राखेका थिए।
उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्न आग्रह गरेका छन्।
मिटरब्याज पीडित समितिले पीडितहरूको समस्या समाधान तथा न्यायका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।








