हेटौडा । बागमती प्रदेश सरकारले तिन दिन सम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने भएको छ । संविधान दिवस २०८० लाई तिन दिन भब्यताका साथ राष्ट्रिय दिवस मनाउनका लागी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरीएको आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बताउनु भयो । मन्त्री श्रेष्ठले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै बागमती प्रदेश सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा भव्यताका साथ मनाउन बिभिन्न कार्यक्रमहरु तयारी गरेको समेत बताउनु भयो ।
उहाँका अनुसार असोज २, ३ र ४ गते प्रदेश मन्त्रालयका कार्यालयहरु र सार्वजनिक स्थानको विशेष सरसफाई गर्ने,साँझ प्रदेश स्थित सबै मन्त्रालय र कार्यालयहरु सार्वजनिक एवम सामदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दिपावली गर्ने,राष्ट्रिय झण्डा फहराउने रहेको छ । यस्तै असोज २ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा मधुमेह तथा रक्तचापको निशुल्क परिक्षण शिविर र हेटौंडामा रक्तदान कार्यक्रम गर्ने,वन तथा वातावरण मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा वृक्षारोपण कार्यक्रम गर्ने व्यवस्था मिलाउने रहेको छ ।
यस्तै असोज ३ गते हेटौडाको बुद्धचोक बाट मानसचेक मुख्यमन्त्री तथा मरिषद्को कार्यालयको प्राङ्गणसम्म प्रादेशिक विविधता एबम प्रभातफेरी गर्ने,प्रभातफेरी पश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा सविधान दिवस राष्ट्रिय दिवस २०८० प्रदेशस्तरीय मूल समारोह समितिको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गर्ने भएको मन्त्री श्रेष्ठले जानकारी गराउनु भयो ।








