हेटौडा । हेटौडा ४ मकवानपुरमा बिगत एक दशक देखि संचालित रेडियो सरोबर ९२.५ मेगाहर्जले आज पशुपति मन्दिरको सभाहलमा बृहत तिज बिशेष कार्यक्रम २०८० सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा रडियो सरोबरले प्रदान गर्दै आइरहेको सरोबर चेली सम्मान २०८० बाट मानकुमारी पाख्रिन नेपाली,अन्जली थापा,कौशी माया मोक्तान र उत्कृष्ट कर्मचारी अन्तर्गत एलिसा ढुंगाना लाइ सम्मान गरेको छ । तिज बिशेष कार्यक्रमको दुना टपरी गाँस्ने प्रतियोगितामा उत्कृष्ट हुने राधिका घिमिरे,लक्ष्मी उप्रेती र गीता दाहाललाइ पुरस्कृत गरिएको थियो ।

कार्यक्रम मा उत्कृष्ट नृत्य गर्ने ५०० भन्दा बढीलाई गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै हेटौडा तरकारी तथा फलफुल बजारको १५ जना भाग्यशाली बिजेता छनोट गरिएको थियो ।

रेडियोका संचालक/प्रबन्ध निर्देशक दिक्पाल तिमल्सिना को सभादक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्रि माननिय कुमारी मोक्तान को प्रमुख आतिथ्य रहेको थियो भने मानकुमारी पाख्रिन नेपाली,जुना दाहाल,आर्शिया पाठक,प्रेम प्रसाद दाहाल,भिम पाख्रिन,जिबन घलान लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

Advertisement







