हेटौंडा – ग्यास व्यवसायी संघ मकवानपुर अध्यक्षमा केशव मुडवरी चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको ११ औं साधारणसभा तथा ५ औं जिल्ला भेलाबाट मुडवरीको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा नवीन लामा, सचिवमा मदनकुमार न्यौपाने, कोषाध्यक्षमा कृष्णबहादुर ढुंगाना र सह–सचिवमा मधुसूदन ढकाल रहेका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः रमेशप्रसाद कडेँल, रुपक बस्ताकोटी, कृष्ण मोक्तान, सञ्जय रौनियार, गोपाल श्रेष्ठ, सुदर्शन सुवेदी, राधाकृष्ण पराजुली, उत्तम पण्डित, अजय दंगाल र जितबहादुर सारु मगर रहेका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस


