हेटौंडा । हेटौंडामा सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एकजना साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।आइतबार साँझ हेटौंडाबाट हात्तीसुँडे जाँदै गरेको ना।६ प।७१२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री हेटौंडा-१७ हटिया बस्ने ५० वर्षीय धर्मराज पौडेल गम्भीर घाइते भएका थिए ।
पौडेललाई हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन रिफर गरिएको थियो । पौडेललाई ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








